माइती खुसी बनाउँदै सीता दाहाल

sitaकाठमाडौं । दश वर्षसम्म सशस्त्र जनयुद्ध लडेका कार्यकर्ताले बिहान बेलुका एकछाक भात पनि खान नपाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालले भने माइती पक्षका आफन्तलाई धमाधम जागिर खुवाउन व्यस्त बनेकी छिन् । स्रोतका अनुसार सीता दाहालले आफ्ना भाइ ऋषि पौडेलकी बुहारी लक्ष्मी पौडेल सुवेदीलाई विद्युत प्राधिकरणमा ठाडो आदेशमा जागिर खुवाएकी छन् ।

सीताकी आफन्त लक्ष्मीलाई जागिर खुवाउन उर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहयोग गरेका हुन् । लक्ष्मी पौडेल सुवेदीलाई ठाडो आदेशमा प्राधिकरणको चितवन शाखामा जागिर खुवाएपछि कांग्रेस र एमाले निकट मजदुर संगठनहरूले विरोध पनि गरेका छन् । तर,उनीहरूले खुलेर विरोध गर्न भने सकेका छैनन् ।

विरोध हुनेवित्तिकै राजधानीलाई लोडसेडिङमुक्त गराउँदा विरोध गरेको आरोप लगाउने भएकाले मन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङले धमाधम माओवादी कार्यकर्ता र सीता दाहालका आफन्तलाई जागिर खुवाउन थालेका हुन् ।

सीता दाहालले भतिजी बुहारीलाई जागिर खुवाएको थाहा पाएपछि स्थानीय माओवादी केन्द्रका कार्यकर्ताहरू आक्रोशित बनेका छन् । ‘जनयुद्ध लड्ने हामी’, एक माओवादी कार्यकर्ताले भने–‘जागिर पाउने सीता दाहालका माइती पक्ष । कति राम्रो संस्कार ?’ हुन त कुलमान घिसिङलाई प्रयोग गरेर उर्जामन्त्री शर्माले ‘अप्पर अरुण’ आयोजना निजी क्षेत्रलाई बिक्री गर्ने भित्री योजना बनाएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित