सट्टेबाजी गरेको आशंकामा कीर्तिपुर खेल मैदानबाटै एक पक्राउ

Pakrau
काठमाडौं 

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले कीर्तिपुरस्थित क्रिकेट मैदानबाटै एकजनालाई पक्राउ गरेको छ । नेपाल र स्कटल्याण्डबीचको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का एसपी सन्जय सिंह थापाले बताए ।

त्रिवि मैदानमा खटिएका प्रहरीहरुले नै एक व्यक्तिलाई पक्राउ गरेको थापाको भनाइ छ । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित