धुलिखेल अस्पतालकै फार्मेसीबाट लागूऔषध सहित पक्राउ

drugबनेपा । धुलिखेल अस्पताल बाहिर रहेका दुई फार्मेसीबाट ठूलो मात्रामा लागूऔषधसहित सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले धुलिखेलमा रहेको धुलिखेल अस्पताल नजिकैका इसान र बलराम फार्मेसीमा छापा मारी लागूऔषध बरामद गरेको हो ।

 काभ्रे प्रहरी प्रमुख एसपी सहकुल थापाका अनुसार अस्पताल बाहिरका फार्मेसीबाट लागूऔषध विक्री भइरहेको गोप्य सूचनाका आधारमा छापा मारी फार्मेसीका सञ्चालकहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभाग पठाइएको छ ।

 प्रहरीका अनुसार ट्रामाडोल, नाइट्रोसन, भोमिन जस्ता प्रतिबन्धित औषधीहरु विक्री गर्ने फार्मेसीका सञ्चालकहरु ललिता श्रेष्ठ र बलराम थापा पक्राउ गरी विभागमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित