ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Accidnet dead
रुपन्देही ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा ट्रयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उपचारको क्रममा भिम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो ।

लु ८६ प ४०५ नम्बरको मोटरसाईकल लु ४ त ४४६५ नम्बरको ट्रयाक्टरको पछाडी राति साढे ९ बजे ठोकिएको थियो । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित