सेवाग्राहीलाई निर्वाध सिंहदरवार प्रवेशको व्यवस्था गर्न संसदमा माग

Prakash-jwala-768x4662023-02-24-02-02-30
काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सेवाग्राहीलाई प्रवेशमा गरिएको कडाइ अन्त्य गर्न माग गरेका छन् ।

प्रतिनिधसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरबार प्रवेशका लागि सेवाग्राही लाइन लाग्ने गरेको प्रसङ्ग उठाए । यसका लागि उनले सिंहदरबारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न माग गरे ।


मन्त्रालयजति सबै सिंहदरबारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कठाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरबार प्रवेशलाई सहज गराउन माग गरे ।

प्रतिक्रिया

सम्बन्धित