सातौं दिन पनि गुल्मी ठप्प, जनजीबन कष्टकर

gulmi-aandolanकाठमाडौं : सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा सातौं दिन पनि बन्द जारी छ । बन्दका काराण त्यहाँको जनजीबन कष्टकर बन्दै गएको छ । सातौं दिन पनि आन्दोलनकारीहरुले सदरमुकाम तम्घासमा प्रदर्शन गरिरहेका छन् । सरकारी कार्यालयहरुमा मंगलबार पनि कामकाज ठप्प छ । सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना बन्द छन् भने जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन पनि चलेका छैनन् । गाडी नचलेपछि कुलपुजाको लागि स्वदेश तथा बिदेशबाट घर फर्किनेहरु मर्कामा परेका छन् । बन्दको अबज्ञा गरेको भन्दै गुल्मीको अर्खलेमा ४ वटा जिप, १ बस र १ मोटरसाइकल बन्दकर्ताले नियन्त्रणमा लिएका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनीतिक दल, बिभिन्न विद्यार्थी संगठनसहित स्थानीयबासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्ना समेत दिँदै आएका छन् । बिद्यालयहरुमा अर्ध वार्षिक परीक्षा चलिरहेकाले थप समस्या नहोस् भन्नका लागि शैक्षिक संस्था बन्द गरिएको छैन । आन्दोलनलाई व्यवस्थित बनाउन स्वयसेवक दल समेत गठन गरिएको छ । आन्दोलन अवधिभर कुनै पनि राजनीतिक दलको झण्डा प्रयोग नगर्ने र राष्ट्रिय झण्डामात्र प्रयोग गर्ने आन्दोलन परिचालन कमिटीले निर्णय गरेको छ । जिल्लाका राजनीतिक दल, एवं भ्रातृ संघ संगठन, गैरसरकारी संघसंस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित