‘सहमति, सहकार्य र समझदारीका माध्यमबाट संविधान कार्यान्वयन’

PRACHANDA_NEPAL_268477eकाठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् । संविधान संशोधन प्रस्तावले देशका विभिन्न भागमा आन्दोलन चर्किरहेका बेला अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका प्रतिवेदनका आधारमा सङ्क्रमकालीन न्यायको व्यवस्थापन गरिने पनि बताए । भर्खर अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र त्यहाँ रहेका नेपाली समुदायको भविष्यका बारेमा पनि उनले चासो राखेका थिए । सो अवसरमा राजदूत टेप्लिजले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेकामा सन्तोष व्यक्त गरेका थिए । अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामले नेपाल र नेपालीलाई कुनै नकारात्मक असर नपर्ने भन्दै उनले अमेरिका सधैँ नेपालको शान्ति, र प्रगतिको पक्षमा रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित