कांग्रेसले बोलायो ८ दलका सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा

8-dal

काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारीस्वरुप नेपाली कांग्रेसले (आज) बिहीबार आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई काठमाडौंको तीनकुनेमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।

बिहीबार दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा अभिमुखीकरण कार्यक्रम हुन कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरू मतदाता हुन्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित