तस्करी गरी नेपाल ल्याईंदै गरेको करोडौँ मूल्यको मासको दाल बरामद

mas-ko-dalवीरगञ्ज : अबैध रुपमा तस्करी गरी सीमावर्ती भारतको खमिया गाउँबाट नेपालतर्फ ल्याइँदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो भएर छवटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको करिब एक करोडभन्दा बढी मूल्यको साढे १३ सय बोरामा रहेको करिब ४० हजार किलो मासको दाल पर्सा प्रहरीले आज बिहान ४ बजे नियन्त्रणमा लिएको हो । पर्साका प्रहरी उपरीक्षक गोविन्द साहको नेतृत्वमा गएको टोलीले जिल्लाको जानकी नगर–९ बाट सो दाल पक्राउ गरेको हो । सो दाल कस्को हो खुल्न सकेको छैन । उक्त दाल छानबिन गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित