दीपेशको ह्याट्रिकले नेपाल विश्वकपमा

nepali_u 19

 

काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि रोमाञ्चक जित निकाल्दै नेपाल आगामी वर्ष हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

बिहीबार युएईमा भएको खेलमा नेपालले १९२ रनको लक्ष्य पछ्याएको यूएईलाई ४८ ओभरमा १८४ रनमा समेटेपछि ७ रनले पराजिवत गर्दै श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो ।

यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको अर्धशतक सहयोगमा ४८.५ ओभरमा १९१ रनको योगफल बनाएको थियो । उक्त योगफल पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गरेको युएईलाई ४७ औं ओभरमा ध्वस्त पार्ने क्रममा कँडेलले लगातार तीन विकेट लिएपछि सन् २०१६ यता पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकपमा प्रवेश गरेको हो ।

यूएईलाई उसकै मैदानमा पराजित गर्दै नेपाल ८ वर्षपछि यू–१९ विश्वकपका लागि छनोट भएको छ । यसपटक एसिया क्षेत्रीय छनोटमा नेपाल र यूएईसँगै मलेसिया, हङकङ, सिंगापुर र कुवेत थिए । नेपालले यसअघिका चारै खेलमा सहज जित हासिल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित