लायन्स क्लवद्वारा एचआईभी संक्रमित बालबालिकालाई कपडा वितरण

lionssकाठमाडौं : विश्व एड्स दिबसको अबसरमा लायन्स क्लव अफ काठमाडौ नेटवर्कले एचआईभी संक्रमित तथा टुहुरा बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । क्लवले सितापाईलास्थित पुर्नबल प्लस होममा एक कार्यक्रमको आयोजना गरी चौतिस जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

 लायन्स क्लव इन्टरनेशनल ३२५ बि वान अन्तर्गत लाईन्स क्लव अफ काठमाडौं नेटवर्कद्वारा आयोजित कार्यक्रममा लाईन्स क्लब इन्टरनेशनल एम.डी.३२५ बि वानको पाष्ट मल्टीपल काउन्सिल प्रमुख (पिएमसिसि) पिएमजेएफ लायन राजन लम्साल, ३२५ बि वानका प्रमुख डिस्ट्रिक सल्लाहकार  एमजेएफ लायन इन्दु लम्साल, रिजन चियर पर्सन लायन विनय खकुराल, क्लब प्रेसिडेन्टलायन बलराम पाठक, पुर्नबल होमका प्रमुख महेश श्रेष्ठ, क्लब सेक्रेटरी लायन राजनबाबु श्रेष्ठ, नेटवर्क कोषाध्यक्ष लायन चुडाप्रसाद वस्ताकोटीलगायतको उपस्थिती थियो ।

न्यानो कपडा वितरण गर्दै पिएमसिसि लायन राजन लम्सालले लायन्स क्लव समाज सेवामा समर्पित संस्था भएका कारण यसले आफ्ना सम्पूर्ण गतिबिधिलाई लोककल्याणकारी कार्यमा केन्द्रित गरेको वताए । लायन्स क्लव अफ काठमाडौ नेटवर्कले असहाय बालबालिकाहरुलाई न्यायो कपडा वितरण गरेकोप्रति धन्यवाद दिँदै लम्सालले सम्पूर्ण लायन सदस्यहरुले सामाजिकहितको कार्यमा आफूलाई क्रियाशील राख्नु पर्ने बताए ।

 एमजेएफलायन ईन्दु लम्सालले लायनको तर्फबाट प्रदान गरिएको सानो सहयोगले बालबालिकाहरुको दैनिकीलाई सहज बनाउने विश्वास ब्यक्त गरेका छन् । लायन्स क्लव अफ काठमाडौ नेटवर्कका प्रमुख बलराम पाठकले नेटवर्कको तर्फबाटयस्ता सामाजिक सरोकारकाकार्यहरु भइरहेका र आगामी दिनमा पनि गरिरहने बताए । ३२५ बिवान डिष्ट्रिक रिजन चियर पर्सन लायन विनय खकुरालले विगतका वर्षहरुमा पनि पुर्नबल प्लस होममा क्लवको तर्फबाट न्यानो कपडा वितरण गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित