आजको विदेशी मुद्राको विनिमय दर

Nepal-Rastra-Bank.
काठमाडौं।
साताको पहिलो दिनको कारोबार अर्थात आइतबार डलरसँगै युरोको भाउ पनि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ । यसअघि शुक्रबार डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो ।

आइतबार युरोपियन युरोको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । शुक्रबार युरोको खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा रहेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६२ पैसा तोकिएको छ । यसअघि शुक्रबारको कारोबारमा बेलायति पाउण्डको खरिदमूल्य १५७ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य १५८ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९० पैसामा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ २३ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसामा पाइन्छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६५ पैसामा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित