तराईका आज होली मनाइँदै, तराईका जिल्लामा सार्वजनिक बिदा

terai holi

काठमाडाैं । तराईका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ ।

एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ । काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन् । होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ ।

होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ । पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रूपमा पनि यो पर्व लिन थालिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित