कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

Pakrau
डोटी।
पूर्वीचौकी गाउँपालिका-१ छेप्लाडीमा निर्माणाधिन स्कुलको भवनमा लेबर काम गरी बस्ने कैलाली धनगढी उपमहानगरपालिका-१७ धुर्जना घर भएका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय डबल सेट्टीलाई २०७९ फागुन २१ गते आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लडागडा र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले डबललाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-२० भलाम कालिखोला बंगुर फर्ममा काम गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका-३ फलाटे घर भएका ५५ वर्षीय मसला दमैको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै सालो २० वर्षीय कमल नेपालीलाई फागुन २२ गते आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबीच सामान्य विवादको क्रममा कमलले कुटपिट गर्दा गम्भीर घाइते भएका मसलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित