नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पुष्पलाल पार्कमा

Puspala-park
काठमाडौं ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरको चम्पादेविस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।

पौडेल पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा ९एकीकृत समाजवादी० का महासचिव वेदुराम भुसाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधिसभा सदस्य राजन केसीलगायतले स्वागत गरे ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरे । उनले त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गरे ।

यसअघि, शुक्रबार पौडेलले पशुपतिनाथ मन्दिर र गुहेश्वरी मन्दिर पुगेर पूजा अर्चना गरेका थिए । शुक्रबार नै पौडेलले सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर बीपी, गण्शमान, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको सालिकमा माल्यार्पण गर्नुका साथै संग्रहालय परिसरमा वृक्षारोपण गरेका थिए ।

सोही दिन साँझ विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित