माओवादी घटकको पत्रकार सम्मेलन आज

Maobadi-parties-1536x870

काठमाडौं । माओवादी घटकले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

सशस्त्र युद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रकियावाट सम्बोधन गर्न थालेकोको आपत्ति जनाएको माओवादी घटकले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर आफनो धारणा सार्वजनिक गर्न लागेको हो ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शिर्ष नेताहरु सो पत्रकार सम्मेलनमा उपस्थित रहनेछन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

सर्वोच्च अदालतले नियमित प्रक्रियावाट मुद्धा सम्वोधन गर्न थाले पछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्बजिनक गरिसकेकाे छ ।  माओवादी केन्द्र र माओवादी घटक दलहरुले अलग अलग बक्तब्यमार्फत पनि‍ सर्वोच्चको पछिल्लो निर्णय प्रति असहमति जाहेर गरेका छन् ।

माओवादीले सो असहमति जाहेर गरे पनि शुक्रवार सर्वोच्च अदालतले भने माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन कारण देखाऊ आदेश दिईसकेको छ । सर्बाेच्च अदालतले दिएको आदेशको पर्सीपल्ट अर्थात २८ फागुनमा माओवादी घटकले आफनो धारणा सार्वजनिक गर्न लागेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित