हङकङमा सन्जाल, दुई विदेशी डेढ किलो कोकिन सहित पक्राउ

काkoineठमाडौं । नेपाललाई ट्रान्जिट बनाई यूरोप हुँदै हङकङसम्म लागूऔषधको तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह फेरि सक्रिय हुन थालेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो(एनसीबी) ले भारतीय मुलकी मलेसियन नागरिक अलिस जोसेफ र मलेसियन नागरिक मागेनथिरन राजालाई एक किलो पाँच सय ग्राम कोकिनसहित ठमेल चाक्सीबारीमार्गस्थित एक होटबाट मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ । कालो झोलाभित्र फल्स बटम बनाएर लुकाइ ल्याएको उक्त कोकिन अलिसले मागेनथिरनलाई दिन लागेको अवस्थामा एनसीबीको टोलीले बरामद् गरेको हो ।

 मंगलबार इत्तिहाद एयरबाट अपरान्ह ४ बजे नेपाल ओर्लिएकी अलिसमाथि एनसीबीले फलो गर्दै जाँदा ल्यापटम ब्यागमा फल्स बटममा उनले नेपाल ल्याएको डेढ किलो कोकिन बरामद गरेको हो । अलिसले बुक गरेको होटलको नजिकै बसेका मलेसियन नागरिक मागेनथिरन राजालाई कोकिन दिन लाग्दा उनीहरु पक्राउ परेका हुन् । एलिसले उक्त कोकिन नेपालमा ब्राजिलबाट ल्याएको खुल्न आएको एनसीबीका प्रमुख डिआइजी जयबहादुर चन्दले बताएका छन् । अलिस मलेसियाबाट आबुधाबी हुँदै ब्राजिलको साउपाउलो र फेरि आबुधाबी हुँदै नेपाल आएको समेत अनुसन्धानबाट खुलेको छ । नेपाल आएपछि अलिसले राजालाई कोकिन बुझाउने र राजाले हङकङ लैजाने योजना बनाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । राजा भने १३ गते नेपाल आएका थिए ।

 पक्राउ परेका दुवै जना भरियामात्र भएको खुलेको छ । उनीहरुलाई मलेसियाबाट तारा नामक गरेकी महिलाले खटाएको अनुसन्धानबाट खुलेको छ । राजाले हङकङमा म्याक्स नाम गरेका व्यक्तिलाई कोकिन बुझाउने योजना रहेकोमा उनीहरु नेपालमा नै प्रहरी फन्दामा परिसकेका छन् । नृत्य पेशामा संलग्न राजा नेपालमा नृत्य सामाग्री खरिद गर्न आएका थिए । तर, उनलाई किरु बन्थानले डेकोरेसनको सामान भनेर ब्याग लिएर हङकङ आउ भन्दै ६ सय डलर पठाएको अनुसन्धानबाट खुलेको छ । राजा १४ गते ड्रागन एयरमार्फत हङकङ उड्ने योजनामा थिए । एनसीबीले उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान थालेको छ । बरामद भएको कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य ३ करोड बराबरको रहेको ब्यूरो प्रमुख चन्द बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित