मोर्चासँग सहमति भयो, एमाले पनि सहमति नजिक : प्रधानमन्त्री

prachanda1काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाले संविधान संशोधन विधेयकमा सहमति जनाएको दाबी गरेका छन् । मंगलबार बसेको माओवादी केन्द्रको पोलिटब्यूरो बैठकम बोल्दै प्रधानमन्त्री दाहालले मोर्चा सहमति भएकाले अब छिट्टै मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर संविधान संशोधन विधेयक दर्ता गर्ने जानकारी पनि दिए । उपेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरुसँग कुराकानी भएको जानकारी दिंदै प्रधानमन्त्री दाहालले भने–‘मेरो सबैसँग कुराकानी भएको छ । उनीहरुले संविधान संशोधनमा आलोचनात्मक समर्थन गर्ने र पास(फेल जे भएपनि चुनावमा जाने प्रतिवद्धता जनाएका छन् ।’ तर, सोमबार बसेको मधेसी मोर्चा र संघीय गठवन्धनको बैठकले विधेयकको मस्यौदाबारे जानकारी नभएको भन्दै दर्ता गर्नु अघि नै समर्थन गर्ने प्रतिवद्धता जनाउन नसकिने बताएको थियो । एमाले नेतृत्वसँग आफ्नो कुराकानी भएको भन्दै प्रधानमन्त्री दाहालले एमाले नेताहरुले समर्थनत गर्न सक्दैनौं तर, संशोधन दर्ता गर्नुस् भनेको पनि उल्लेख गरे ।  राष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको छलफलमा पनि संविधान कार्यान्वयनका लागि संशोधन जरुरी भएको निष्कर्षमा दलका नेताहरु पुगेको उनको भनाइ थियो । अंगीकृत नागरिकलाई मुख्यमन्त्री पदसमेत नपाउने गरी संविधान संशोधन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित