नेपाल प्रहरीका ४० सिनियर अधिकृतले एकैदिन अवकाश पाउँदै

nepali-police-logo-काठमाडौं : नेपाल प्रहरीमा ३० बर्षे सेवाहदका कारण यहि मङ्सिर ३० गते अनिवार्य अवकाश पाउने सिनियर अधिकृतहरुको संख्या तीन दर्जन भन्दा बढि छ ।  डिएसपी देखी माथीका अधिकृतहरुको संख्या ४० रहेको छ ।  पाँच बर्षे सेवा हदका कारण डीआइजीहरु हेमन्त मल्ल ठकुरी, केशव अधिकारी र गोपाल प्रसाद भण्डारी (निलम्बित) गरी  जम्मा ४३ जनाले अनिवार्य अवकाश पाउँदैछन् भने एसएसपीहरु  उत्तम बहादुर सिंह, योगेश्वर रोमखामी,बिक्रमसिंह थापा र भुपाल कुमार भण्डारी रहेका छन् । त्यसैगरी मंसिर ३० मा नै अवकाश पाउने एसपीहरुमा गोविन्दराम परियार, जगतमान श्रेष्ठ, अजय भट्टराई, प्रेम बहादुर मल्ल, इश्वरी प्रसाद चापागाईं, स्थानेश्वर रेग्मी,पवन कुमार गिरि र सुदमकुमार सिजापति डिएसपीहरु कृष्णबहादुर कुँवर, बिदुरकुमार गौतम, अरुणकुमार शाह, दिपक न्यौपाने, तोरणकुमार कार्की, दिपककुमार शाह, जगन्नाथ गौतम, आनन्दमणि लामिछाने, ज्ञानेन्द्र बहादुर पाख्रिन, मोहन कुमार परियार रहेका छन् । त्यसैगरी यादवबहादुर घर्ति, मिनबहादुर रावल, विजयकुमार यादव, वेदराज खनाल, शम्भुप्रसाद ढकाल, डम्बरबहादुर चन्द, डोलराज शाही, सोमबहादुर थापा, जीवनकुमार श्रेष्ठ, किसनसिंह बुडाल, दिलीपकुमार खड्का, बालाजी रायमाझी, भक्तबहादुर विष्ट, दिलिपसिंह भण्डारी, कमलेशकुमार भट्ट, महेन्द्रबहादुर चन्द, कृष्णप्रसाद शर्मा र रुपेश कुमार रावल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित