जनताको भावनाविपरीत काम गर्न एमालेले दिंदैन : ओली

kp-sharma-1संविधान संशोधनको विषयमा सरकारसँग कुनै ऐजेण्डा छैन काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उल्टो र चटके कुरा गरेर देशलाई अप्ठ्यारोमा पार्न खोजेको आरोप लगाएका छन् ।  तनहुँको भिमादमा सुरु भएको महोत्सवको उद्घाटन गर्न जाने क्रममा शुक्रबार पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने–‘अहिले निर्वाचन गर्नुपर्ने बेलामा सरकार उल्टो र चटके कुरा गरेर देशलाई अप्ठयारोमा पार्न खोजिएको छ ।’ सरकारको काम संविधान कार्यान्वयनका लागि चुनाव गराउनेतिर भन्दा विवाद ल्याएर बल्झाउनेतर्फ उद्दत रहेको उनको आरोप लगाए । ओलीले अमूर्त माग पूरा गर्नका लागि संविधान संशोधन हुन नसक्ने बताएका छन्। उनले संविधान संशोधन किन र केका लागि भन्दै संशोधन अहिले आवश्यक नभएको भनाइ दोहोर्‍याए । अमुख पात्रलाई खुसी पार्न संविधान संशोधन नहुने उनको तर्क छ । सरकारको काम निर्वाचन गराउने भएपनि अहिले संविधान संशोधन गर्ने भनेर अड्को थापीरहेको आरोप लगाए । ‘२०७४ माघ ७ गतेभित्र चुनाव नभए देश गम्भिर संकटमा फस्ने भन्दै उनले भने–‘समस्या समाधानतर्फ भन्दा अनावश्यक विवाद निकालेर देशलाई अप्ठयारोमा पार्न खोजिएको छ । यसविरुद्धमा एमाले लड्छ ।’  ‘विहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल भएको बताउँदै उनले भने–‘राम्रै कुरा भो, आ–आफनै एजेण्डामा छलफल मात्रै भयो । संविधान संशोधनको विषयमा सरकारसँग कुनै ऐजेण्डा छैन ।’  मधेस केन्द्रित दलहरुतर्फ इंगित गर्दै ओलीले मधेसीको माग न्यायसंगत नभएको बताए । ‘म पनि मधेसी नै हुँ, उनले भने–‘पहाडबाट चुनाव उठेको छैन । मधेसबाटै जितेको छु । कसैको स्वार्थको लागि जनताको भावनाविपरीत काम गर्न एमालेले दिंदैन ।’ उनले प्रदेश नम्बर ५ बाट तराई र पहाड छुट्याउनु अशोभनीय रहेको बताए। ‘भित्र पुगेर हेर्ने हो भने तराई र पहाड छुट्याउनु अशोभनीय छ’, ओलीले भने–‘प्रदेश ५ बाट तराई पहाड छुट्याउनेगरी प्रधानमन्त्रीले प्रस्ताव गर्ता गरे पनि पारित हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित