कांग्रेसबाट तनहुँ–१ मा भट्टराई र चितवन–२ बाट श्रेष्ठले उम्मेदवारी दिने

Govinda-jitnarayan
काठमाडौं ।
बैशाख १० मा हुने उपनिर्वाचनमा कांग्रेसले तनहुँ–१ गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकले चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रशकाशशरण महतले जानकारी दिए।

मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त भएको हो ।

अब बारा २ मा उम्मेदवार तोक्न बाँकी छ। बारा २ मा सत्ता गठबन्धनको जसपालाई समर्थन गर्ने कि उम्मेदवार बनाउने भन्नेबारे कांग्रेसभित्र छलफल जारी छ। यी तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित