कञ्चन प्रकरणमा सुमन खरेलले मागे माफी

sumanकाठमाडौं : कञ्चन शर्मा रेग्मी प्रकरणमा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘सुमन सँग’का सञ्चालक पत्रकार सुमन खरेलले माफी मागेका छन् । आफ्नै कार्यक्रम मार्फत माफि माग्दै उनले यो घटनाले आफूलाई ठूलो पाठ सिकाएको पनि बताएका छन् । ‘मान्छेबाट गल्ती हुन्छ नै’ भन्दै उनले कञ्चन प्रकरणलाई टुंग्याएको घोषणा गरे । कार्यक्रममा उनले कञ्चनका पूर्वपति मोहन रेग्मीलाई उपस्थित नगराएपनि उनको सन्देशलाई आफै भनिदिएर प्रशारण गरेका छन् । ‘कञ्चनले गाँस बास कपास मागेको र मोहनले उचित व्यवस्थापनका लागि आफू तयार रहेको बताइसक्नुभएको छ । अब यो विषयलाई यही टुंग्याउ’ उनले भनेका छन् । मोहन, कञ्चन, मोहनका दुई छोरा तथा उनका परिवार र सम्पूर्ण दर्शकप्रति माफी मागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित