लेकसाइडलाई घृणित बनाउँदै व्यवसायी

snowपर्यटन व्यवासयी वताउने फेवाताल र माछामाछापुछ्रे वेचेर चर्को व्यापार गर्ने तर आफू चाही कानून मिचेर असभ्य र अनैतिक काम गर्ने यो परिचय पोखरा लेक साइड हेर्दा जति सुन्दर र सभ्य देखिन्छ यथार्थमा त्यस्तो छैन। त्यहाँका व्यापारी हुन या जग्गा धनी दुवैले नियम विपरित काम गरेका छन्। जग्गा धनीले मापदण्ड मिचेर घर वनाएका छन् भने व्यापारी व्यवसायहरुले जथाभावी गरेर पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले गरेका यस्तै टिप्पणीले आम नागरिकलाई सोच्न वाध्य पारेको छ।

 कानून हातमा लिएर आफ्नो व्यापार गर्ने तर फेवाताललाई प्रदुषण गर्ने आम सर्वसाधारणलाई वास्ता नगर्ने प्रवृत्तिका कारण सिंगो पोखराको प्रतिष्ठा माथि आच आउने अवस्था सृजना भएको छ। कहिले फेवातालको पानी मोटरले तानेर पाहुनालाई दिने त कहिले कहिले किचन को ढल फेवातालमै मिसाएर फेवाताल प्रदुषित पार्ने। यस्तै पछिल्लो श्रृंखला पोउमनपाको अनगुमन टोलीले अर्को वद्मासी फेला पारेको छ। लेकसाइडको मध्य भागमा रहेको स्नो ल्याण्ड होटल र डाउन टाउन रेष्टुरेन्टले किचनको ढल फोहोर सिधा नालामा मिलाएर वद्मासी गरेको रहस्य फेला पारेको छ।

 अनुगमन टोलीले किचेनको ढल खोलेर हेर्दा भान्साको फोहोर मैला दाल भात सवै मिसाएको पाइएपछि होटल तथा रेष्टुरा सञ्चालक लाई नगरपालिकाले कारवाही प्रकृया अगाडि वढाएको जनाएको छ। त्यसो त स्लोल्याण्ड मात्र हैन दर्जनौ होटल तथा रेष्टुराहरु ले फोहोर नालीमा फाल्ने लगायतका गल्ती गरेका पाइए पछि स प्रमाण पत्ता लगाई कारवाही गरिएको थियो।

 नगरपालिका प्रशासनले कारवाही गर्ने गरि जरिवाना तोकेपनि असुल गर्न भने असफल रहेको भन्दै स्थानिय टोल विकास संस्था तथा नागरिक मञ्चका प्रतिनिधिहरुले दुख व्यक्त गरेका छन्। वडा वासी तथा टोल विकास संस्थाहरुले पटक पटक नियम विपरित काम गर्नेलाई कडा दण्ड दिनु वताएका छन्। पोखरामा सवभन्दा वढी मापदण्ड मिच्ने काम लेक साइडमा हुने गरेका पति प्रतिवेदन दावी गर्छ। तर राज्य मौनता साधेर वसेको छ।

  कानून नलाग्ने जंगली राज अन्त्य गर्न जरुरी रहेको भन्दै सर्वत्र आलोचना भइरहँदा पनि राज्इले कडा प्रस्तुती देखाउन नसक्ने गर्दा दण्डहिनताले संस्थागत मान्यता पाइरहेको छ। पछिल्लो पटक पोखरा आएका कार्यकारी अधिकृत नवराज ढुंगानाले जसरी भएपनि कानून वमोजिम कारवाही गरेर अगाडि वढ्ने दावी गरेका छन् तर उनको खुट्टाले कति सम्म थेग्न सक्छ त्यो भने पर्खाइको विषय वनेको छ तर पनि उनको शैली र सुरुवाती कदम भने सकारात्मक छ।

प्रतिक्रिया

सम्बन्धित