राज्यमन्त्री बन्न कांग्रेसमा करोडौको चलखेल

indrabanकाठमाडौं । नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवालाई करोडौं रकम बुझाएर राज्यमन्त्री बन्न पार्टीका गुण्डा, ठेकेदार र व्यापारी सांसदहरुले दौडधुप थालेका छन् ।  शुक्रबारभित्र ८ जना नेतालाई सरकारमा पठाउने निधो गरेसँगै राज्यमन्त्री हुन दौडधुप सुरु भएको हो । दौडमा पार्टीका निकै कनिष्ट नेताहरु रहेको बुझिएको छ ।

 पैसाको बाहुबलमा राज्यमन्त्री हुन लागेका ठेकेदार सांसदहरुका बारेमा जानकारी पाएपछि सभापति देउवानिकट एक दर्जन बढी सांसदहरु रुष्ट छन् । राज्यमन्त्री बन्ने दौडमा गएको संविधानसभामा मकवानपुर जिल्लाबाट सभासद् भएका हेटौडा निवासी ईन्द्रबहादुर बानियाँ पहिलो नम्बरमा छन् ।

 उनलाई भौतिक राज्यमन्त्री बनाउन नेता खुमबहादुर खड्काले सिफारिस गरेका बुझिएको छ । अर्कोतिर, सांसद बानियाँले राज्यमन्त्री हुन  करोडौ रुपैयाँ खर्च गर्न लागेको विषयले हेटौडा बजार पुरै तातेको छ ।   बानियाँ गुण्डागर्दी, ठेकेदार हुँदै काँग्रेसको राजनीतिमा आएका हुन् ।

    महाभूकम्पमा ५० हजार पाल काण्डमा उनी मुछिएका थिए । ५० हजार पालको फर्जी विल पेश गरेर भ्रष्टाचार गरेका कारण उनमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त मुद्दा पार्टी सभापति स्वयं देउवाले मिलाएको भन्दै बानियाँले आफूनिकटलाई बताउन थालेका छन् ।

  हेटौंडा सिमेन्टको खानी शिवम सिमेन्टलाई विक्री गर्न लविङ गरिरहेका बानियाँको शिवम सिमेन्टको खानीमै लगानी छ । त्यसैगरी, अर्का व्यापारी सांसद दिपक खड्का पनि राज्यमन्त्री हुने दौडधुपमा छन् । उनी ठेकेदार, हाइड्रोपावर व्यवसायी मात्र नभई रेष्टुरेन्ट व्यवसायी पनि हुन् । सत्ता साझेदार पार्टी काँग्रेसले भागवण्डामा ८ जना राज्यमन्त्री परेको छ । जसमध्ये ५ जना देउवा पक्षबाट र ४ जना बरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो शक्तिका रुपमा उदाएका नेता कृष्णप्रसाद सिटौला समूहले पाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित