एकपछि अर्को गर्दै सशस्त्रका अधिकृतहरु अख्तियारको हिरासतमा

rishavकाठमाडौः सशस्त्र प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराई  पक्राउ परेका छन् । नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय नेता समेत रहेका भट्टराई भ्रष्टाचार आरोपमा सोमबार पक्राउ परेका हुन् । पक्राउपछि उनलाई टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । चितवनका भट्टराई उक्त पार्टीको भ्रातृसंगठन सामाजिक स्वयंसेवक नेपालको प्रस्तावित संयोजकसमेत हुन् । सशस्त्रको एआईजी हुँदा करिब दुई करोड रुपैयाँ बराबर अकुत जोडेको आरोपसहित उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध मंगलबार नै अभियोगपत्र तयार गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । भट्टराईले प्रमाण नष्ट गर्न सक्ने भन्दै हिरासतमा लिनुपरेको अख्तियारले जनाएको छ । निजले आयआर्जन गरेको वैध आयको तुलनामा झन्डै दुई करोड रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको निष्कर्षमा अख्तियार पुगेको छ । यसअघि सशस्त्रका पूर्व आईजीपी कोषराज वन्तलाई पनि भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा चलाएको थियो भने दुई पूर्व एआईजीहरु प्रहरीको फरार सूचिमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित