त्रिशुली नदीमा बस खस्दा ५ जनाको मृत्यु

काठमाडौं ।काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेको बस धादिङको फिस्लिङबाट त्रिशुली नदीमा खस्दा ५ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ।

 १५ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले अर्घाखाँची जाँदै गरेको बस त्रिशूली नदीमा खसेको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

   चितवनका डीएसपी शिव शर्मा आचार्यको टोली अहिले उद्धारका लागि घटनास्थल पुगेको छ । बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित