फेवाताललाई अझै सुन्दर बनाउन किनारामा लालुपाते

barahi-templeeपोखरा : सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजना एवम् डेनियल संस्थाको सहयोगमा फेवाताल किनारामा १२० वटा लालुपाते फूलका बिरुवा रोपिएका छन् । फेवाताल, माछापुच्छे« र लालुपातेलाई जोगाई राख्ने उद्देश्यले हल्लनचोकस्थित फेवाताल किनारामा सोमबार बिरुवा रोपिएको जनाइएको छ । फेवाताल र सो क्षेत्रलाई थप सुन्दर बनाउन लालुपाते फूलका बिरुवा रोपिएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । युवा सङ्घ बैदामका युवाको सक्रियतामा आवश्यक खाल्टा खनिएको थियो भने कोरियन नागरिक डेनियलले बिरुवा उपलब्ध गराएको पराजुलीले जानकारी दिए । कार्यक्रममा सो क्षेत्रका आमा समूह, टोल विकास संस्था, विभिन्न राजनीतिक पार्टी, युवा क्लब, सुरक्षा निकायलगायतको उल्लेख्य सहभागिता रहेको थियो । सो क्षेत्रको सरसफाइका लागि सातवटा डस्टबिन समेत राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित