एसपी सरुवामा भ्रष्ट र विवादास्पदलाई पुरस्कृत गरे अाइजीपीले

igparकाठमाण्डौ। प्रहरी प्रधान कार्यालयले आईतबार गरेको ५९ जना एसपीको सरुवामा अाइजीपी उपेन्द्रकान्त अर्यालले  क्षमतावान भन्दा भ्रष्ट  र विवादास्पदलाई राम्रो ठाउँ पठाएर पुरस्कृत गरेका छन् । गृहमन्त्री विमलेन्द्र निधि तथा  अाइजीपी अर्यालबीच कुरा नमिल्दा दसैं अघि हुनुपर्ने एसपीको सरुवा रोकिएको थियो । पछिल्लो सरुवाको सुची हेर्दा आईजीपी अर्याल अवकाशको मुखमा निरीह सावित भएका छन् । अर्यालले कतिपय स्थानमा आफ्ना नातेदारलाई प्रमुख बनाएका छन् ।

 अर्यालले केहि स्थानमा बाहेक अधिकांशमा भ्रष्ट तथा विवादास्पद प्रहरी अधिकृतहरु पठाएर इमान्दार प्रहरीको मानमर्दन गरेको मुख्यालयका एक उच्च अधिकृतले उल्लेख गरे । भ्रष्ट प्रहरीको छवी भएका एसपी गोविन्द कुमार साहलाई पर्सा जिल्लाको प्रहरी प्रमुख बनाएर पुरस्कृत गरेका छन्।

 उदयपुरमा छँदा भ्रष्टाचारले बद्नामी कमाएर तानिएका साहलाई पर्सा जस्तो आकर्शक र महत्वपूर्ण ठाउँ दिएर उनले  कस्तो सन्देश दिन खोजेका हुन ? प्रधान कार्यालयकै एक एसपीले आश्चर्य प्रकट गरे ।

 कार्यकाल सकिन तीन महिना मात्रै बांकी रहेको बेला अर्याल यो सरुवामा निकै कमजोर देखिएका छन् । महानगरिय प्रहरी परिसर भक्तपुरमा सरुवा भएकी किरण राणा महानगरिय शिक्षालयमा छँदा जुनियर प्रहरीको छनौटमा अनियमितता गरेर कारवाहीमा परेका हुन भने महोत्तरीमा सरुवा भएका एसपी नलप्रसाद उपाध्यय नवलपरासीमा कार्यरत हुँदा असक्षम र बिबादमा तानिएका प्रहरी अधिकारी हुन  । उपाध्यय अाइजीपी अर्यालका नातेदार भएकै कारण इन्चार्जबाट इन्चार्ज नै बन्न पाउने भाग्यमानी हुन ।

 त्यस्तै काम भन्दा बढी हल्ला गर्ने एसपी सुरेन्द्र मैनालीलाई पनि अर्यालले मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैया पठाएका छन् भने बिबादित एसपी रविन्द्र धानुकलाई रुपन्देही पठाएर कांग्रेश सभापति शेरवहादुर देउवाको सिफारिसलाई इन्कार गरेनन् ।

 अर्यालले केन्द्रिय अनुसन्धान व्युरोमा कार्यरत एसपी दिवेश लोहनीलाई सप्तरी पठाएर उनको क्षमताको मुल्याङ्कन गर्न नसकेको  मुख्यालयका ति उच्च अधिकृत बताउँछन् । एसपीहरुको यो सरुवामा कर्मचारी प्रशासनका एसपी बिश्वराज पोखरेलको धेरै कुरा सुन्दा अर्याल विवादमा तानिएको स्रोत बताउँछ।

प्रतिक्रिया

सम्बन्धित