के हो त मोहन रेग्मी र कञ्चन शर्माबीचको लडाईं ?

mohan-and-kanchanकुमार भण्डारी

काठमाडौं : आफूलाई जन्म दिने आमा, बुबा अनि सम्पूर्ण परिवार छाडेर एउटा केटोलाई पति मानेर, अर्काको घरमा भित्रिएकी केटीलाई हेला गर्ने जो कोहीलाई कसैले राम्रो मान्न सक्दैन । जसले श्रीमतीलाई हेला गर्छ त्यसलाई पति पनि मान्न सकिन्न । हो, मानीस चेतनशिल प्राणी भएर पनि कहिले कहिं चेत गुमाउँदा धेरै अप्रिय घटनाहरु हुने गरेको हामीमाझ छर्लङ्ग छ । हामीले पछिल्लो समय समाजिक सञ्जालमा भइरल भएको विषयलाई कोट्याउने जमर्को गरेका छौं । कुरा हो इन्जिनियर मोहन रेग्मी र उनकी पूर्व श्रीमती कञ्चन शर्माबीचको । मंसिर २ गते विहिबार प्रतिष्ठित सञ्चार माध्यम कान्तिपुर टेलिभिजनमा पत्रकार सुमन खरेलले चलाउने ‘सुमनसँग’ कार्यक्रममा कञ्चन शर्मा रेग्मीलाई अतिथि बनाइएको थियो । कञ्चनले सोही कार्यक्रम मार्फत आफू एउटा इन्जिनियरको श्रीमती र इन्जिनियरको आमा भएको बताएकी छन् । बाबु छोरा नै इन्जिनियर भएको र कान्छो छोरो पनि ठूलो भइसकेको बताउँदै कञ्चनले कयौं पटक छोराहरुलाई टक्सन गाडिमा देखेको तर, उनीहरुले वास्ता नगरेको बताएकी छन् । पक्कै पनि नौ महिनासम्म कोखमा राखेर दश धारा दूध चुसाएकी एउटी आमालाई उनको सन्तानले वास्ता नगर्दाको पीडा कल्पना पनि गर्न सकिन्न र त्यसलाई शब्दमा उतार्न पनि । तर, यथार्थ के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । आमाले आफ्नो सन्तानलाई वास्ता नगरेको हो, वा छोराहरुले आमालाई ? यहाँ गंभिर प्रश्न खडा भएको छ । उक्त कार्यक्रममा कञ्चन शर्माले पतिको हेलाका कारण आफू घर छाड्न बाध्य भएको बताएकी छन् । तर, छोराहरुका बारेमा भने केही खुलाएकी छैनन् । जेठो छोरो कलेज र कान्छो छोरो स्कुल गएको बेलामा आफू घर छाडेर हिंडेको शर्माले बताएकी छन् । छारोहरुलाई नै नभनी उनीहरु नै नभएको बेलामा घर छाडेर हिंडेकी आमालाई उनीहरुले पनि त खोजे होलान ? खै उनीहरुको पिडा यहाँ ? कार्यक्रम हेर्दा थाहा भयो कञ्चन शर्मा एउटा संस्थामा आश्रीत भएर बसेकी रहिछन् । कार्यक्रममा संस्थाको पनि धेरै प्रचार गरिएको छ। बेसाहारा भएकाहरुलाई पालन पोषण गर्दै आएको उक्त संस्थाप्रति हामी पनि आभारी छौं । तर, संस्था सञ्चालनका क्रममा देखिएका केही क्रियाकलापहरु पनि त विवादित थिए नि । यस अघि पनि एक प्रतिष्ठित सञ्चार माध्यममा कार्यरत पत्रकारलारलाई एकलौटी समाचार दिएर उक्त संस्था विवादमा परेको यथार्थ हामी सबैले बुझेकै छौं । संस्थाको आग्रहमा कञ्चनको यर्थार्थ बाहिर ल्याइएको हो भने सम्बन्धित सञ्चार माध्यमले संस्थाको बारेमा पनि त केही बुझ्ने कोशिष गर्नु पथ्र्यो । लुकेर रहेका यथार्थ र यस्ता घटनाहरुलाई बाहिर ल्याउनु पत्रकारिताको धर्म नै हो । तर, उक्त कार्यक्रममा भने एकतर्फी आवाज मात्र गुञ्जिएको भान हुन्छ । जसले गर्दा अहिले सामाजिक सञ्जालहरुमा मोहन रेग्मी र उनका दुई छोराहरुलाई गाली गलौज गर्नेको संख्या गणना गर्न नसक्ने अवस्थामा पुगेको छ । यदि मोहन रेग्मी र उनका छोराहरु गलत थिए भने त ठिकै हो, नत्र एकोहोर भाषण सुनेर यथार्थ नै नबुझी गाली गर्नेहरुले पनि त सोच्नु पथ्र्यौ, त्यो गालीको मूल्य कसले चुकाउने भनेर ? यो घटनाको यथार्थ कुरा भने विस्तारै खुल्दैछन् । अन्तर्वार्तामा कञ्चनले आफ्नो माइती नभएको दावी गरेकी छिन् । तर, अहिले सुनिए अनुसार काठमाडौंको घट्टेकुलोमा कञ्चनको बहिनीको घर छ । उनकी दिदी मैतिदेवीको स्कूलमा हिस्ट्री पढाउँछिन् भने आमा विराटनगरमा बस्छिन । दाजु अमेरिकामा छन् भने भाई डोलिडारमा काम गर्छन् । उनको मामाघर भने बानेश्वरमा छ । तरपनि कञ्चनले यि कुरा किन अन्तर्वार्तामा भन्न सकिनन् । कतै उनले कसैको दबाबमा परेर त अन्तर्वार्ता दिएकी होइनन् ? प्रश्न यता पनि ढल्किएको छ । कार्यक्रममार्फत कञ्चनले लोग्ने रुकुममा पोस्टिङ भएको बेला आफ्नै गहना बेचेर भए पनि उनको इच्छाविपरीत ५० हजारभन्दा बढी भर्ना खर्च तिरेर नर्सिङ पढेको भनेकी छिन् । त्यसो त उनले बागबजारको पिके कलेजबाट बीए पास गरेको पनि भनेकी छिन् । साढे चार वर्ष त उनले ओम नर्सिङ होममा वरिष्ठ डा. भोला रिजालसँगै काम गरेको बताएकी छन् । यति धेरै पढेको र बुझेको सक्षम महिला लोग्नेले घरबाट निस्कि भन्दैमा रोडमा गएर सुत्नु पथ्र्यो त ? किन उनी महिलावादी संस्था, प्रहरी र अदालतमा जान चाहिनन् ? र एउटी सक्षम महिला भएर पनि किन काम गरेर बस्न सकिनन् ? यो पनि त अन्तर्वार्तामा खोल्नु पथ्र्यो नि होइन ? कञ्चनले २०४७ साल असार ३ गते विवाह भएको बताएकी छिन् । तर, कञ्चन र उनका पति मोहन रेग्मीबीच २०६८ साल माघ ३ मा बाजुरा जिल्ला अदालतको फैसलाले सम्बन्ध विच्छेद भएको हो भन्ने पनि बुझिएको छ । यस विषयमा पनि कार्याक्रममा किन खुलाइएन । मोहन यतिबेला आफ्नो फेसबुकमा सबै कुरा थाहा पाएर मात्र प्रतिक्रिया दिंदै र आफ्ना छोराहरुको कुनै गल्ती नभएको बताइरहेका छन् । तर, उनको प्रतिक्रिया कसैले पनि सुनेका छैनन् । यस्तो गंभिर गालि गलौज र अपमान सहिरहेका ति छोराहरुका बारेका अब कसले सोच्ने त ? यसको उत्तर कसले दिने हो, कार्यक्रम प्रस्तोता, सम्बन्धित सञ्चार माध्यम कि ति गाली गर्नेहरुले ?

प्रतिक्रिया

सम्बन्धित