बस चोरेर चितवन पु-याउँदा समेत थाहा पाउँदैन प्रहरी

यदुनाथ बञ्जारा buschoपोखरा । पछिल्लो समयमा पोखराको सुरक्षा स्थिति खस्कदो अवस्थामा रहेको घटनाक्रमले नै देखाएको छ । ठूला घटनाहरु नघटेपनि चोरी, लुटपाटको पारो वढ्न  थालेको भन्दै  नगारिकले चिन्ता व्यक्त गर्न थालेका छन् ।

 कार्तिक १४ गते मात्र एउटा जड्याहा चालकले पोखरामा ३ वटा घटना गराउँदा पनि सुरक्षा जाँच र ट्राफिक जाँच नभइदिंदा जड्याहा चालकहरुको जगजगी चुलिदै गएको छ ।

 ट्राफिक प्रहरीहरुले सडक ड्यूटी छोड्ने र गस्तीमा बस्ने प्रहरीहरु पनि सवारी चेक जाँंचमा वेवास्ता गरिदा दैनिक दर्जनौ जड्याहा चालकहरुले सहजै उन्मुक्ति पाउँदै आएका छन् । केही समय अघि मात्रै ३ वटा दुर्घटना गराएको तल्लो मोदी हाइड्रो पावरको ग १ च ९८३४ नम्वरको जिप चालक खगेन्द्र रानालाई खासै कारवाही नगरी छोडिएको थियो । यो प्रकरणमा स्थानिय प्रत्यक्षदर्शीहरु असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यस्तै पछिल्लो अर्को एउटा चोरी घटनाले पनि नेपाल प्रहरीको अकर्मण्यतालाई संकेत गरेको छ ।

 कार्तिक २४ गते बुधवार राती पोखरा १६ दीपवाट नगर बस चोरी भयो । टिल्ल मापसे गरेको कुल डग भन्ने कुमार नेपालीले उक्त बसलाई पृथ्वीराजमार्ग हुँदै चितवन पु-यायो । मापसे गरेका चालकले हाकेको उक्त बस चितवनसम्म पुग्दा राजमार्गमा रहेका प्रहरी पोष्टहरुमा कहि कतै दर्ता नगरिएको पाइएको छ ।

 पोखरावाट नारायणगढ सम्म पुग्दा कहि इन्ट्री नगरिनु र राजमार्गमा कुनै चेक जाँच नहुनुले सुरक्षा चिन्ता बढाएको स्वयम् यातायात व्यवसायीहरुले बताएका छन् ।पोखराबाट चोरी भएको नगर बस २६ गते फेला पारेर पोखरा ल्याइएको छ । बस चोरेर चितवन रामनगर पु-याएर पोखरा फर्केका चालक कुमार नेपालीलाई २ दिन पछि प्रहरीले पक्राउ गरेर सार्वजनिक मुद्दामा म्याद थप गरेको जनाएको छ ।

 वडा प्रहरी कार्यालय बगरका इञ्चार्ज प्रहरी निरीक्षक किशोर लम्सालले बस चालक सुनारलाई सार्वजनिक मुद्दा चलाएको बताए । उनले भने–‘चालकले वस चोर्ने नियतले नभएरु जाँडको तालमा श्रीमती लिन गएको बयान दिएको छ ।’रातारात बस चोरेर चितवन पु-याउने कार्यको वारेमा ठूलै गडवडी हुन सक्ने बताइएको छ । बस कुनै तस्करलाई विक्री गर्न खोजिएको हुन सक्ने आशंका उब्जिएको छ । यसरी बस नै चोरी भएर झण्डै १३० किलो मिटर सम्म जड्याहा चालकले हुइक्याउँदा पनि कुनै चेक जाँच नहुनुलाई किमार्थ राम्रो मान्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित