एनसेल कर छली प्रकरणमा लोकमान र शर्माको कनेक्सन केलाउँदै अख्तियार

ncelpicकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि उनले अख्तियारमा गरेका गैरकानुनी क्रियाकलापमाथि छानविन शुरु भएको छ । अख्तियारका कार्यवहाक प्रमुख आयुक्त दिप बस्नेतको पहलमा शुरुवातमा बहुचर्चित एनसेलको ३५ अर्व लाभ छली प्रकरणबारे फाइल खोतलिएको हो । अकुत सम्पत्ति आर्जनको मुद्दामा २० जना भन्दा माथि छानविन गर्ने निर्णय गरेको बस्नेत नेतृत्वको अख्तियारले आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणी शर्मालाई पहिलो नम्बरमा राखेको स्रोत बताउँछ ।

 शर्माले सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा काठमाडौंका नामुद गुण्डा नाइकेबाट आर्थिक लाभ लिई उन्मुक्ति दिएको पनि खुलेको छ । एनसेल कर छली प्रकरणमा कार्की निकट बनेर मुख्य भुमिका निर्वाह गरेका शर्मामाथि कर फछ्र्योट आयोगमार्फत राज्यलाई प्राप्त हुने अरबौं रुपैयाँ माफि मिनाहा समेत गरेको प्रकरणमा पनि अनुसन्धान शुरु भएको छ ।

 एनसेलको कर उठाउन ढिलासुस्ती गर्ने र कर निर्धारण प्रक्रिया पनि रोकेर शर्माले एनसेलबाट १० करोड भन्दा बढि आर्थिक लाभ लिएको आरोप लागेको छ ।  शर्मालाई निलम्बित प्रमुख आयुक्त कार्कीले एनसेल कर छली प्रकरणमा नाटकीय रुपमा वयान लिएर चोख्याएका थिए । लाभकर प्रकरणमा कार्कीले एनसेलसँग मिलेमतो गरेको समाचार बाहिर आएपछि महानिर्देशक शर्मालाई नाटकीय रुपमा अख्तियारले बोलाएर जानकारी मागेको थियो ।

 तर, अर्थ समितिलाई जवाफ दिने बहानामा मात्र अख्तियारले शर्माबाट लाभकरको जानकारी लिएको खुलेको थियो । टेलियासोनेराले मलेसियन कम्पनी एक्जिएटालाई एक खर्ब ४० अर्बमा एनसेल बिक्री गरेको थियो । डेढ दशकअघि १० करोड अधिकृत पूँजीमा स्थापित कम्पनीको स्वामित्व १ खर्ब ३६ अर्बमा बिक्री हुँदा बढेको पूँजीबापतको करिब ३५ अर्ब आयकर तिर्नु कुनै बहस या विवाद नभएपनि करोडौं कमिसन खाएर शुरुमा लाभकर तिर्नु नपर्ने भन्दै आन्तरिक राजश्वका प्रमुख शर्माले भारतको भोडाफोन कमपनीसँग तुलना गरी एनसेलले कर तिर्न नपर्ने भन्दै विवाद निम्त्याएका थिए ।

 कर चुक्ता नगरि एनसेललाई कुनै पनि नयाँ सेवा सञ्चालनको अनुमति नदिन संसदको अर्थ र लेखा समितिले सरकारलाई निर्देशन दिंदा समेत शर्माले कार्कीकै मतियार बनेर त्यसको वेवास्ता गरिरहे ।  यतिसम्मकी शर्माले एनसलेलाई नै महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) दिलाउन लागेका थिए । कर छल्ने कम्पनीलाई उक्त सम्मान दिँदा चर्को विरोधका आवाज निस्कन थालेपछि रोकिएको थियो । एनसेलकै पैसा खर्च गरेर शर्माले आन्तरिक राजश्व विभागमा थमौती पाएका छन् ।

 अर्कोतर्फ एनसेल लाभकर छली प्रकरणमा अर्थ समितिले छानविन गर्न निर्देशन दिएको चार महिना बितिसक्दा पनि अख्तियार प्रमुख कार्कीले कानमा तेल हालेर बसेका थिए । अर्थ समितिले जेठ २१ गते एनसेलको पटक–पटकको सेयर स्वामित्व हस्तान्तरण हुँदा कम मूल्य राखी दाखिला गरिएको र हालको कारोबार गर्ने पक्ष एक्जिएटालाई ध्यानमा राखेर कोबाट कति अनियमितता भएको हो सो सम्बन्धमा छानविन गर्न अख्तियारलाई निर्देशन दिएको थियो ।

 तर, एनसेलको लाभकर मिनाहा गराउन ठेकेदारको भूमिका निर्वाह गरिरहेका सतिशलाल आचार्य र सचिनलाल आचार्यले भने अख्तियारमा नै चलखेल गरी कुनै छानविन गर्न दिएका छैनन् । कार्कीको संरक्षण पाएका एनसेलमा २० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सतिशलाल आचार्यले सबै निकायका प्रमुखलाई मिलाएर ‘रि ब्राण्डिङ’ गरेर नयाँ लोगो सार्वजनिक गरि राज्यलाई नै चुनौति दिएका थिए । जनस्तरको चर्को विरोध, सिमकार्ड नै फिर्ता गर्नेदेखि सामाजिक सञ्जालमा देखिएको नागरिकको सत्याग्रहका कारण एनसेलले पछिल्लोपटक नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार कर बुझाएको थियो ।

 नेपालमै पहिलो पटक भएको एनसेलको यति ठूलो गैरकानुनी कारोबारको विषयमा थाहा नपाएझैं गरी अख्तियार प्रमुख कार्कीले संसदको अर्थ समितिले जेठ २१ मा छानविन गरी कारबाही गर्नु भनि पठाएको पत्रलाई समेत घर्रामा लुकाएपछि शर्मासहित उनीपछि अनुसन्धानको दायरामा तानिएका हुन् । आफैंले घोषणा गरी विवरण र रकम दाखिला गर्नुपर्ने अवधिमा कम्पनी र बिक्रेता दुवैबाट लाभकर नबुझाएपछि ठूला करदाता कार्यालयले थप छानविन अघि बढाउँदा कार्कीकै दबाबमा शर्माले रोकेका थिए ।

 ठूला करदाता कार्यालयले यसअघि २५ प्रतिशतमध्येको १५ प्रतिशत रकम एनसेलले बझुाइसके पनि बाँकी रकम दाखिला नगरेको हुँदा अब कर निर्धारण गर्ने र उक्त रकममा दैनिक शून्य दशमलव १ प्रतिशत विलम्ब शुल्क र वार्षिक १५ प्रतिशतका दरले ब्याज असुल्न खोज्दा पनि शर्माले नै रोकेका थिए । एनसेलले बिक्रेता टेलियासोनेराको तर्फबाट १५ प्रतिशत रकम गत चैत २६ गते ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार रुपैयाँ अग्रिम कर कट्टी गरी भुक्तानी गरिसकेको छ भने अब झण्डै ३५ अर्व बुझाउन बाँकी छ । तर, ८० प्रतिशत कारोबारमा कम्तीमा पनि ३५ अर्ब रुपैयाँ लाभकर निर्धारण भइसक्दा पनि मिडिया दुरुपयोग गरी टेलियासोनेरालाई देखाएर उक्त रकम छली गर्न एनसेल लाग्दै आएको छ ।

 एनसेल १ खर्ब ४० अर्ब रुपैयाँमा बिक्री भएकोमा २० प्रतिशत सेयर निरजगोविन्द श्रेष्ठले भावना श्रेष्ठलाई बिक्री गरेका थिएम । बिक्रेता श्रेष्ठले लाभकर बापत २ अर्ब ८३ करोड रुपैयाँ बुझाइसकेका छन् भने बाँकी ८० प्रतिशत सेयर टेलियासोनेराले मलेसियाको एक्जिएटालाई बिक्री गरेको हो । एनसेलको पुँजी वृद्धि गर्न र लाभकर विवादलाई मिडियाबाट रोक्न एनसेलकी कर्पोरेट अफिसर सञ्जु कोइराला र मिडिया हेर्ने मिलनमणी शर्माले ठूलो चलखेल गर्दै आएका छन् । उनीहरुमाथि पनि अख्तियारले छानविन गर्नुपर्ने देखिन्छ,यूनाइटेड पोस्ट साप्ताहिकबाट ।

प्रतिक्रिया

सम्बन्धित