एसएसपी सर्वेन्द्र खनाल अाईजीपीद्वारा सम्मानित

sewकाठमाडौं। चर्चित एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित भएका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख खनाललाई   ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मान गरेका हुन । महाशाखा प्रमुख खनालले म्याच फिक्सिङ, पेट्रोल पम्पहरुमा हुने गरेको ठगी, बडिखेल हत्याका अभियुक्तलाई पक्राउ गरेका थिए। गुन्डा नाइके कुमार घैंटेको इन्काउन्टर गरेका खनालले कसन्ल्ट्यान्सीहरुमा समेत छापा मारेका थिए। उनले वैदेशिक रोजगारीमा जानेहरुको समस्या सुन्न नयाँ पिल्लर नै गठन गरेर पीडितहरुको उद्दार गर्दै आएका छन् । त्यस्तै, काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापा उत्कृष्ट कार्यबाट सम्मानित भएका छन्। थापाले भारतीय नाकाबन्दीको समयमा दुगद समुहले उत्पादन गर्ने खाने तेलको कालोबजारीबिरुद्द आक्रमक कारवाही तथा काठमाडौंका चर्चित गुण्डा नाइके दिपक मनाङगेलाई संगठित अपराधमा मुद्दा चलाएर गुण्डागर्दीलाई ओझेलमा परेका थिए।

प्रतिक्रिया

सम्बन्धित