पहिला रोग भाइरल हुन्थ्यो, अहिले सामाजिक संजाल : अाईजीपी अर्याल
काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पछिल्ला केही दिन यता आफूलाई जोडेर प्रहरी संगठनकै बदनाम गराउने हल्ला भइरहेको भन्दै त्यसको पछि संगठनको काम गर्न उनले प्रहरीलाई निर्देसन दिएका छन् ।
अाईजीपी अर्यालले त्यस्ता दुष्प्रचारको पछि नलागेर संगठनको काम गर्न पनि प्रहरीलाई आग्रह गरेका छन् ।
११ औं महानगरीय प्रहरी दिवसका अवसरमा बुधबार विहान आयोजित कार्यक्रममा आइजीपी अर्यालले भने- पहिला पहिला रोग भाइरल हुन्थ्यो, अहिले सामाजिक संजालमा भाइरल हुने गरेको छ।' उनले सामाजिक संजालले ल्याएका विकृति हटाउन आवश्यक भैसकेको अौल्याए ।
आईजीपी परिवर्तनको कुरा सामाजिक सन्जालमा भाईरल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि हल्ला मात्र भएको कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममार्फत प्रस्ट परेका थिए ।
प्रतिक्रिया