एआइजी अधिकारीलाई अाईजीपीले कस्तो जिम्बेवारी देलान् ?

yadavकाठमाण्डौ । गृह मन्त्रालयले ढिलै भए पनि सर्वोच्च अदालतको फैसला अनुसार बढुवा भएका  यादव अधिकारीसहित चार जना एआइजीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराउने निर्णय गरेपछि प्रहरी संगठनमा खुसी छाएको छ ।

 एआइजी यादव अधिकारी सहित परशुराम खत्री , सुशीलवर सिहं थापा , विश्वराज सिंह शाही अव प्रहरी प्रधान कार्यालयमा हाजिर भएर कामकाज  गर्ने छन् । उनीहरुलाई अाईजीपी उपेन्द्रकान्त अर्यालले कार्यक्षमता अनुसार मुल्याङ्कन गरेमा प्रहरी संगठनकै शिर अझ उच्च हुने एक डिआईजी बताउंछन् ।

 प्रहरी संगठनमा  अधिकारीजस्ता सफल प्रहरी अधिकारीको पुनरागमनलाई अत्यन्त आशाका साथ हेरिएको छ । अधिकारीको क्षमताको मुल्याङ्कन हुने हो भने पछिल्लो समयमा केही अन्योलले अत्तालिएका अाईजीपीलाई राहत हुने देखिन्छ ।

 योग्य , सक्षम र इमान्दार हुँदाहुँदै पनि एआइजी बढुवामा बन्चित गरिएका र पछि सर्वोच्च अदालतको फैसला अनुसार बढुवा भएका  अधिकारी सहित चार जना एआइजीहरुलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराउने निर्णयमा गृह मन्त्रालय पुगे पछि प्रहरी संगठनमा खुसीको माहोल छाउनुका साथै प्रहरीको मनोवल पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित