आईजीपी हट्दैनन् ,व्यापक र्‍युमर भयो : प्रधानमन्त्री प्रचण्ड

prachandenकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल प्रहरीको चर्चामा रहेको आईजीपी परिवर्तनको कुरा हल्ला मात्र भएको प्रस्ट पा रेका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा प्रहरी प्रमुखलाई हटाउने बारे सोधिएको प्रश्नको उत्तर दिँदै उनले भने -'प्रहरी प्रमुखलाई हटाउने विषयमा व्यापक र्‍युमर भयो। सोसल मिडियामा पनि आयो। मसँग गृह मन्त्रालयबाट त्यस्तो केही प्रस्ताव आएको छैन र हामीबीच छलफल भएको पनि छैन।'

प्रधानमन्त्री प्रचण्डले आईजीपी  उपेन्द्रकान्त अर्याल आफुलाई  भेट्न आएको र  हल्लाको पछि नलागी ढुक्क भएर काम गर्न निर्देशन दिएको समेत उल्लेख गरे ।

आईजीपीको पदावधि तिन बर्षे कायम गरी एअाईजी राजेन्द्र सिंह भण्डारी र सुरेन्द्र वहादुर शाहसहितका अधिकारिहरु आईजीपी बन्ने डिजाइनमा लागेको सुइको थाहा पाएपछि  अर्यालले पनि राजनीतिक भेटघाटलाई तीब्र पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित