सुनको मूल्य बढ्याे, चाँदीकाे स्थिर

Gold

काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । यसअघि मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला ४०० रुपैयाँले बढेको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 


यस्तै, अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । 


त्यसैगरी, बुधबार पनि चाँदीको मूल्य स्थिर छ । बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित