अमेरिका पढ्न जाने नेपालीको सङ्ख्यामा भारी वृद्धि

cipeकाठमाडौँ । संयुक्त राज्य अमेरिकाका क्याम्पस तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको सङ्ख्यामा अघिल्लो वर्षभन्दा १८.४ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानबारे आज जारी गरेको ओपनडोर प्रतिवेदनका अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्यमा वृद्धि भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विश्वका विद्यार्थीको सङ्ख्यामा लगातार छ वर्षको गिरावटपछि यो वर्ष वृद्धि आएको दूतावासद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।   पहिलो पटक सन् २०१५/१६ को शैक्षिकसत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या १० लाख नाघेको छ । यो अघिल्लो वर्षभन्दा सात प्रतिशतले बढी हो ।

यो शैक्षिकसत्रमा नौ हजार ६६२ विद्यार्थी भर्ना भएसँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित