सिअाईवीद्वारा पश्चिमाञ्चल फाइनान्सका तत्कालीन प्रबन्धक पौडेल पक्राउ

cibnepalकाठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिअाईवी)ले पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेड, बेनी शाखाका तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेललाई संस्थाको रकम हिनामिना गरेको अभियोगमा पक्राउ गरेको छ ।  शाखा प्रमुखको अधिकार दुरुपयोग गरी पौडेलले संस्थाको रकम हिनामिना गरेको अभियोगमा सिअाईवीले पक्राउ गरेको हो ।

 पौडेलले पश्चिमाञ्चल फाइनान्समा रहेको गरिमा विकास बैंकको  एक करोड ३८ लाख ५० हजार भुक्तानी लिई आफैँले उपभोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।  साथै, संस्थाको खाता रहेको ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक–पटक गरी रु दुई करोड ५३ लाख लगेकोमा सो समेत बैंकमा जम्मा नगरी निजैले अपचलन गरेको समेत खुल्नमा आएको छ ।

 संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताबाट कीर्ते दस्तखत गरी  एक करोड पाँच लाख कर्जा प्रवाह गरेको देखाई स्वयम्ले उक्त रकमसमेत उपभोग गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । पौडेलउपर बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित