ग्रेटर नेपालका अध्यक्षसहित तीन पक्राउ

greaterकाठमाडौं : कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै भारतीय रादूतावास लैजनचौरमा ज्ञापनपत्र बुझाउन पुगेका गेटर नेपालका अध्यक्ष सहित तीनजना पक्राउ परेका छन् । गेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल, अधिकारकर्मी मनोजकुमार राउत, आकश चन्दलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । लामो समयदेखि कालापानीमा अतिक्रमण गरेर बसिरहेका भारतीय सेना हटाउन माग गर्दै गेटर नेपालका अध्यक्ष नेपालको नेतृत्वमा दूतावासमा ज्ञापन पत्र बुझाउन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित