भारतमा बर्डफ्लु देखिएपछि नेपालमा उच्च सतर्कता

bfकाठमाडौं : भारतमा बर्डफ्लु देखिएपति नेपालको चितवनमा समेत व्यवसायीहरुेले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालिएको हो । व्यवसायीहरुले अहिले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न समेत दिएका छैनन् भने क्रेट र कार्टुन पनि नयाँ मात्रै प्रयोग गर्दै आएका छन् । नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले सबै किसान र व्यवसायीलाई जैविक सुरक्षामा हेलचक्र्यार्इं नगर्न सूचित गरिएको बताए । पक्षीलाई खुल्ला रुपमा छोडेर नपाल्न, घरपालुवा पक्षीलाई जङ्गली जनावरको सम्पर्कमा जान नदिन र मरेका पक्षी तथा सङ्क्रमित वस्तु जथाभावी नफाल्न सबैमा अनुरोध गरिएको उहाँले बताए । व्यवसायीले पक्षीलाई राखेको फार्म नियमित रुपमा निःसङ्क्रमण गरिरहेका छन् भने हाँस तथा कुखुरालाई मिसाएर पाल्न छाडेका छन् । बिक्रीका लागि बजार पठाएका कुखुरा र कुखुराजन्य पदार्थ फार्ममा फिर्ता ल्याउने क्रम बन्द भएको छ । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले भारतीय सीमा क्षेत्रमा अनुगमन गर्न लागेको बताउँदै कुखुरापालक कृषकलाई विगतमा अपनाएका जैविक सुरक्षामा अरु चनाखो हुन आग्रह गरिएको जानकारी गराए । तीन वर्षअघि नेपालमा बर्डफ्लुका कारण पोल्ट्री व्यवसायमा ठूलो नोक्सानी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित