चाँदीको मूल्य स्थिर, सुनको घट्यो , कतिमा हुँदैछ कारोबार ?

Gold
काठमाडौँ ।
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज तोलामा ५ सय रुपैयाँले घटेर तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै घटेर तोलामा १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित