लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालनमा ल्याइने

Ramchandra_Niti
काठमाडौं ।
सरकारले लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरु सञ्चालन, खारेजी र एकीकरणमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पुनस् सञ्चालनको सम्भावना रहेका हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

निजी क्षेत्रको सहकार्यमा विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार बनाउने सरकारको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित