सिमिकोटमा मकालु एयरको जहाज दुर्घटना

makalu-air-humla-2काठमाडौं : हुम्लाको सिमिकोट विमानस्थलमा शुक्रबार विहान मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ । सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज अवतरणको क्रममा दुर्घटना भएको हो । प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेका अनुसार जहाजमा चालक दलका दुई जना सदस्यमात्र थिए र उनीहरु दुबैजना सकुशल छन् । अवतरणको क्रममा जहाजबाट धुँवा निस्किएको र पांग्रा पन्चर भएको डा. घिमिरेले जानकारी दिए । रनवेको बीचमा आइपुग्दा धुँवा निस्किएको देखिएपछि फोर्सली ब्रेक लगाउँदा पांग्रा पन्चर भएको डा. घिमिरेले बताए । दुर्घटनाका कारण रनवेको बीचमै रोकिएको सो जहाजलाई ठेलेर पार्किङस्थलसम्म पुर्याइएको थियो । सिमिकोट विमानस्थलमा उडान र अवतरण भने जारी छ ।

प्रतिक्रिया

सम्बन्धित