आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो?

Gold

काठमाडौँ ।

नेपाली बजारमा आज बिहीबार सुनको भाउ फेरि बढेको छ। नयाँ बजेटपछि निरन्तर उकालो लागेको सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित