संवैधानिक समस्या र राजनीतिक असहमतिहरु मिलाउन आयोगको आग्रह

काठमाडौं : निर्वाचन सम्पन्न भएको दुई साता तथा मत परिणाम घोषणा भएको पनि झण्डै एक साता वितिसक्दा पनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम नेपाल सरकार र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न सकेको छैन । आयोगले केही कानुनी जटिलताका कारण मत परिणाम हस्तान्तरण गर्न नसकेको जनाएको छ भने राजनीतिक दलले अझै त्यतातिर ध्यान दिन नसकेको देखिन्छ । कानुनी समस्या समाधान नहुँदा आयोगले अन्तिम मतपरिणाम नेपाल सरकार र प्रदेश प्रमुखलाई हस्तान्तरण गर्न नसकेको बताउँदै प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हालका संवैधानिक समस्या र राजनीतिक असहमतिहरु तत्काल मिलाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मंगलबार ओखलढुंगा सदरमुकाममा चुनावमा खटिएका कर्मचारीहरुलाई धन्यवाद दिंदै यादवले भने–‘यतिखेर अन्तिम मतपरिणाम नेपाल सरकार, सम्मानित राष्ट्रपति र प्रदेश प्रमूखलाई बुझाउनु पर्ने हो तर, केही राजनीतिक अन्यौलता, संवैधानिक कठिनाई देखिएको हुँदा काम गर्न केही कठिनाइ भएका छन् । मैला आशा गरेको छु यी सबै कुराको निकास छिट्टै हुन्छ ।’ यादव अनुगमन र धन्यवाद ज्ञापन लगायतका कार्यक्रमका लागि ओखलढुंगा पुगेका हुन् । उनी मंगलबार नै राजधानीतर्फ फर्किने छन् ।

प्रतिक्रिया

सम्बन्धित