१ हजार ७०० रुपैयाँले घट्याे सुनको मूल्य

Gold

काठमाडौ ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउओरालाे लागेकाे छ ।  सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हाे । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ, तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावपाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित