निलम्बित अख्तियार प्रमुखलाई आफै उपस्थित हुन सर्बोच्चको आदेश

Lokmanकाठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुस्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलार्इ ७ दिनभित्र आफै अदालतमा उपस्थित हुन आदेश दिएको छ। म्याद तामेलीमा प्रतिकार गर्ने समूहविरुद्ध दर्ता भएको रिट निवेदनमाथि भएको सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश दिएको हो। न्यायधीश आनन्दमोहेन भट्टराइको एकल इजलासमा उक्त मुद्दाको सुनुवार्इ भएको थियो। सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेकोमा अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीसहित चार जनालाई कारबाही गर्न माग गर्दै परेको रिटमा विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ । लिखित जवाफ दिँदा प्रतिवादीहरु स्वयम् अदालतमा उपस्थित हुनु पर्ने आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशमा भनिएको छ–‘सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् आफैं उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नू ।’ कार्कीको योग्यतासम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेलीका क्रममा अवरोध भएको थियो । तामेलीमा अवरोध गर्ने कार्की, उनका ज्वाइँसहित चार जनालाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका थिए । निवेदनमा कार्कीसँगै उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई विपक्षी बनाइएको छ । अदालतले लिखित जवाफ आएपछि वा अवधि नाघेपछि निवेदनमा सर्वोच्चको पूर्ण इजलासमा विचाराधीन मिसिल सुनुवाईका लागि पेश हुँदा साथै पेश गर्न पनि भनेको छ । कार्कीको योग्यतासम्वन्धी मुद्धा पूर्ण इजलासमा विचाराधीन छ । र, सर्वोच्चले फैसला पुनराबलोकन गर्ने आदेश दिएको छ । तर, कार्की अझै तारेख बुझन गएका छैनन् । कार्कीको सुविधा खोस्न माग गर्दैर् परेको अर्को निवेदनमा भने बिहीकारको पेशी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित