दुई करोड त्रिसठ्ठी लाख भन्दा बढी ठगी गर्ने मेडिसिटी अस्पतालका ३ जना पूर्व कर्मचारी पक्राउ

Mediciti-Thagi

ललितपुर ।

नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरू दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

अस्पतालमा प्रयोग हुँदैं आएको  Software को दुरुपयोग गरी बिरामीहरूबाट वेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्क भन्दा कम शुल्क Software मा Entry गरी/देखाई दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैंया  लिई खाई ठगी गरेकाे अभियाेगमा प्रहरीले जिल्ला दोलखा भिमेश्वर न.पा.वडा नं.४ घर भई भक्तपुर ठिमी वस्ने  वर्ष ३४ को राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा.वडा नं. ११ चापागाउँ वस्ने वर्ष २९ को सनम देशार र काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.४ वालुवाटार वस्ने वर्ष ३४ को आशिष अर्याल समेत ३ जनालाई पक्राउ  पक्राउ गरेकाे हो ।

ठगी धन्दामा पक्राउ परेका निजहरूलाई अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्वन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट  ५ (पाँच) दिन को म्यादथप अनुमति लिई अनुसन्धान कार्य भईरहेको  प्रहरी परिसर  ललितपुरले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित