लोडसेडिङ हटाउन अभ्यास थालिएको उर्जामन्त्रीको भनाई

janardhan_sharmaकाठमाडौं : उर्जामन्त्री जनार्दन शर्माले देशका ठूला शहरमा लोडसेडिङ हटाउन अभ्यास थालिएको बताएका छन्। दाङको तुलसीपुरमा आज आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अभ्यास काठमाडांबवाट सुरु गरिएको बताएका हुन्। मन्त्री शर्माले लोडसेडिङ अन्त्यलाई निरन्तरता दिन एउटा प्राविधिक समिति गठन गरी अध्ययन सुरु गरेको बताएका छन्। उनले नेपाल जस्तो जलस्रोतको धनी मुलकमा उर्जासंकट र लोडसेडिङको ठूलो मार जनताले खेप्नु लज्जाको विषय भएको बताए। दुई महिनाको अवधिमा ५० वर्षदेखि १०० वर्षसम्म उर्जासंकट आउन नदिने गरी कार्ययोजना तयार पारेर आफूले काम थालेको उनले बताए। एकीकृत नेकपा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले त्यसलाई पूर्णता दिन ३५ बुँदे योजना तयार पारेको जानकारी दिए। उनले लोडसेडिङ मुक्त शहर बनाउन बैकल्पिक उपायको खोजि भइरहेको बताए। ‘नेपालको पानीमा जनताको लगानी’ भन्ने नारा बनाएर जनताले जलविद्युतमा लगानी गर्न पाउने बाटो खोलेको पनि उनले बताए।

प्रतिक्रिया

सम्बन्धित