स्वास्थ्यको सरुवामा आर्थिक चलखेल, विवाद कांग्रेसका शिर्ष नेतासम्म

helth-ministeryकाठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले सरुवाका लागि भन्दै बद्नाम कमाएका कर्मचारीहरुलाई नै राखेर ‘सरुवा व्यवस्थित समिति’ गठन गरेकोप्रति मन्त्रालयकै कर्मचारी र पूर्व स्वास्थ्य मन्त्रीले आपत्ति जनाएका छन् । स्वास्थ्य सेवा नियमावली अनुसार कार्तिक महिनामा स्वास्थ्य सेवा विभागबाट अनमी, अहेव, स्टाफ नर्स, एचए, ल्याव एसिस्टेन्टलगायत आठौ तह भन्दा मुनीको सरुवा हुने गर्छ ।

सरुवा समितिमा मन्त्री थापाले विभागका उपसचिव तारा लुइटेल, विरेन्द्र भारती, शाखा अधिकृत सुरेश खनाल, नासुहरु बैकुण्ठ रेग्मी, केशव काफ्ले, कृष्ण पौडेल, नारायण रम्तेललाई राखेका छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको तर्फबाट भने विभागको सरुवामा मन्त्रालयको लिस्ट दिने तर्फ कृष्ण रिजाल र शैलेश सिटौला छन् । स्वास्थ्य समूहको कर्मचारीहरुको सरुवा असोजमा मन्त्रालय, कार्तिकमा विभाग, मंसिरमा क्षेत्र र पुषमा जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत हुने गर्छ ।

असोज महिनाको मन्त्रालयको सरुवामा मन्त्रीका सरुवा संयोजक कृष्ण रिजाल र शैलेश सिटौलाले प्रशासन, जनस्वास्थ्य र आयुर्वेदको सरुवामा लाखौ रुपैया“ उठाएको भन्दै विवाद भएको थियो । रिजाल र सिटौलाले विभागका नासु कृष्ण पौडेललाई कार्तिक २ गतेको राष्ट्रिय भिटामिन ए कार्यक्रममा रौतहट पठाई सरुवा हुनेहरुस“ग पैसा उठाउन लगाएका थिए । त्यतिबेला कांग्रेसीस“ग नै अनियमित तवरले पैसा उठाएको भन्दै रौतहट कांग्रेस सभापति कृष्ण यादवको विरोधपछि रिजालले रौतहटबाट पौडेललाई भगाएका थिए । सिटौला, रिजाल, देवराज लामिछाने र पौडेलले पटक–पटक सरुवा, बढुवाको नाममा कमिसन लिएको विषय पार्टी महामन्त्री डा. सशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व स्वास्थ्य मन्त्रीहरुस“ग पुग्दा समेत मन्त्री थापा तिनैलाई साथमा लिएर हिडिरहेको मन्त्रालयका एक उपसचिवले बताए ।

शैलेश र रिजालमाथि पैसा नदिने कर्मचारीहरुको लिष्ट बाहिर आउट गर्दै विपक्षी संगठनहरुलाई दिन गरेको पनि आरोप छ । जसका कारण कांग्रेसी कर्मचारीहरुको सम्बन्धित जिल्लामा झगडा भइसकेको छ । सो समूहले चितवन, धादिङ, लमजुङ, स्याङ्जा, सुर्खेत, बर्दिया, ललितपुरलगायतका जिल्लाबाट आयोगको सरुवा सिफारिसमा परेकाहरुस“गबाट कमिसन नपाएपछि फा“किन लागेकाहरुस“ग भने बार्गेनिङ गरि थमौती गरिदिन्छौं भन्दै असुलीरहेका छन् । कांग्रेसका एक पूर्व स्वास्थ्यमन्त्री भन्छन्–‘गगन आफू राम्रो बन्ने आडमा कांग्रेसकै कर्मचारीहरुलाई पेलिरहेका छन् ।’ शैलेश र रिजालको समूहले मन्त्रालयले दिने अनुदान रकममा पनि बार्गेनिङ गरिरहेका छन् । जुन अस्पतालले जति रकम पाउने हो त्यसको ५० प्रतिशत माग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित